सुनको मूल्य प्रतितोला २०० रुपैयाँले घट्यो, चाँदी भने बढ्यो

०१ असार, काठमाडाैँ । सुनचाँदी बजारमा आज सुनको मूल्य प्रतितोला २०० रुपैयाँले ओरालो लागेको छ ।

आइतबारको लागि छापावाल सुनको भाउ ९३ हजार ६०० रुपैयाँ तोकिएको छ । अघिल्लो दिन असार ३१ ग्ते शुक्रबार छापावाल सुन प्रतितोला ९३ हजार ८०० मा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घले सार्वजनिक गरेको विवरणानुसार आज तेजाबी सुनको मूल्य प्रतितोला ९३ हजार १०० छ । यसको मूल्य अघिल्लो दिन प्रतितोला ९३ हजार ३०० रुपैयाँ थियो ।

त्यस्तै आज चाँदीको मूल्य अघिल्लो कारोबार मूल्यका तुलनामा प्रतितोला १५ रुपैयाँले बढेर १ हजार १६० तोकिएको महासङ्घले जनाएको छ । अघिल्लो दिन शुक्रबार तोलामा ३५ रुपैयाँले घटेर १ हजार १६० रुपैयाँ तोलामा चाँदी कारोबार भएको थियो ।

नेपाल सुनचाँदी रत्न तथा आभुषण महासंघ र नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएका छन् ।

आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ७०७ र चाँदी प्रतिऔंस १८.७१ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment