रेडक्रस सोसाइटीको तदर्थ समितिले भन्यो : नेत्रप्रसाद तिम्सिनालाई कारबाही गरियोस्

३१ असार, काठमाडाैँ । नेपाल रेडक्रस सोसाइटीको तदर्थ समितिले निर्वाचन गर्ने वातावरण निर्माणका लागि सरकारसँग आग्रह गरेको छ । सुदर्शन नेपाल नेतृत्वको समितिले काठमाडौंमा पत्रकार सम्मेलन गर्दै आफूहरूलाई काम गर्ने वातावरण मिलाउन आग्रह गरेको हो ।

साथै नेपाल नेतृत्वको तदर्थ समितिका साथ ७३ जिल्लाका सभापतिले डा. नेत्रप्रसाद तिम्सिनालाई कारबाही गरेका छन् । नेपाल रेडक्रस सोसाइटी उदयपुरका अध्यक्ष विनोदकुमार बस्नेतले तिम्सिनालाई कारबाही गर्नुपर्ने बताए ।

तत्कालीन तिम्सिना नेतृत्वबाट केन्द्रीय कार्यलय कब्जा गरी कर्मचारीमाथि हातपात गर्ने काम भएको बस्नेतको आरोप छ । तिम्सिनाबाट सचिवालयका सामाग्री तोडफोड र हुलहुज्जत गर्ने जस्ता अमानवीय र अवाञ्छित गतिबिधि भएको उनले बताए ।

उनले भने, ‘ यस्तो काम गरेर नेत्रप्रसाद तिम्सिनालाई कारबाही गर्नुपर्छ । उहाँको हर्कतले अन्तर्राष्ट्रिय छवि भएको सामाजिक संस्थाको मर्यादामाथि प्रहार भएको छ।’ २०७६ साल चैत्रमा रेडक्रसको महाधिवेशन हुनुपर्नेमा अहिलेसम्म हुन नसकेको रेडक्रसका केन्द्रीय सदस्य उत्तम जोशीले बताए ।

तीन वर्ष बित्दा पनि रेडक्रसको महाधिवेशन हुनसकेको भन्दै तिम्सिना​को निर्वाचन गर्ने नियत नै नभएको जोशीको भनाइ छ । उनका अनुसार २०७६ चैत २३, २४ र २५ गते सुनसरीको धरानमा महाधिवेशनको मिति तय गरिएको थियो।

७६ जिल्लाका प्रतिनिधि धरान पुगे सकेपछि पनि तत्कालिन केपी शर्मा ओली नेतृत्वको सरकारले महाधिवेशन स्थगित गरेको उनको आरोप छ । महाधिवेशन अहिलेसम्म पनि हुन नसक्दा रेडक्रम अप्ठ्यारोमा परेको जोशीको भनाइ छ । अदालतमा रहेको मुद्दाका कारण नेपाल नेतृत्वको तदर्थ कार्यसमितिलाई काम गर्न असहज भइरहेको जोशीले बताए।

तिम्सिनाले काम गर्न पाउ भनि दिएको मुद्दामा अदालतबाट अल्पकालिन आदेश आएपछि रेडक्रममा विवाद थप चर्किएको छ । ‘सर्वोच्चमा पुगेको मुद्दा पटक–पटक पेसी सर्दै अहिलेसम्म विचाराधीन छ। जसले हामीलाई काम गर्न निकै असज भइरहेको छ। अदालतले चाँडो फैसला गरेर बाधाअड्काउ सहज पार्नुपर्छ,’ उनले भने ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthNewsPolitic
Comments (0)
Add Comment