गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रीपरिषद् बैठक बस्ने

३१ असार, काठमाडाैँ । प्रधानमन्त्री शेरबहादुर देउवाले मन्त्रिपरिषद् बैठक बोलाएका छन् । बैठक बिहान साढे १० बजेका लागि बोलाइए पनि सत्ता गठबन्धनको बैठक बसिरहेको कारण केही ढिलाइ हुने भएको छ ।

मन्त्रीहरु निर्धारित समयमै बालुवाटारमा भेला भएका छन् । गठबन्धनको बैठक सकिए लगत्तै मन्त्रिपरिषद बैठक सुरु हुने बताइएको छ ।

बालुवाटारमा जारी बैठकमा सत्तारुढ दलका शीर्ष नेताहरू प्रधानमन्त्री तथा काँग्रेस सभापति शेरबहादुर देउवा, उपसभापति पूर्णबहादुर खड्का, माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड, नेकपा एकीकृत समाजवादीका अध्यक्ष माधवकुमार नेपाल लगायत सहभागी रहेको प्रधानमन्त्रीको सचिवालयले जनाएको छ ।

बैठकमा नागरिकता विधेयक, आगामी निर्वाचनको मिति तोक्ने लगायतका विषयमा छलफल भइरहेको बुझिएको छ । नेकपा माओवादी केन्द्रका अध्यक्ष पुष्पकमल दाहाल प्रचण्ड आज शुक्रबार नै तीन दिने भारत भ्रमणमा जानुअघि गठबन्धनको बैठक बसेको हो ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarNewsPolitic
Comments (0)
Add Comment