साढे २२ अर्बको ट्रेजरी बिल बिक्री आज

२७ असार, काठमाडाैँ । नेपाल राष्ट्र बैंकले आन्तरिक ऋण उठाउने प्रयोजनका लागि सोमबार २२ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल जारी गर्ने भएको छ ।

केन्द्रीय बैंकले ९१ दिन, १८२ दिन र ३६४ दिनको लागि उक्त रकम बराबरको ट्रेजरी बिल जारी र्न लागेको हो ।

असार २८ गते मंगलबार जारी हुने उक्र ट्रेजरी बिल खरिदका लागि सोमबार दिउँसो ३ बजेभित्र बोलकबोल गर्नुपर्नेछ । राष्ट्र बैंकले ९१ दिनको लागि ८ अर्ब बराबरको ट्रेजरी बिल जारी गर्न लागेको हो । उक्त बिल २०७९ असोज २५ गते परिपक्व हुनेछ ।

त्यसैगरी १८२ दिनको लागि जारी हुने ६ अर्ब बराबरको ट्रेजरी बिल आगामी पुस २६ गते परिपक्व हुनेछ । त्यस्तै ३६४ दिनका लागि जारी हुने ८ अर्ब ६० करोड बराबरको ट्रेजरी बिल आगामी २०८० असार २६ गते परिपक्व हुने राष्ट्र बैंकले जानकारी दिएको छ ।

ट्रेजरी बिल एक वा सो वर्षभन्दा कम अवधिको आन्तिरक ऋण उठाउन प्रयोग गरिने अल्पकालिन सरकारी ऋणपत्र हो । सबै वर्गका बैंक तथा वित्तीय संस्था, संगठित संस्था तथा सर्वसाधारण नागरिक समेत बोलकबोलमा सहभागि हुन सक्नेछन् ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNepal Rastriya BankNewsPolitic
Comments (0)
Add Comment