प्री ओपन सेसन : साढे चार अङ्कले बढ्यो नेप्से

२४ असार, काठमाडौँ । प्री ओपन सेसनमा नेप्से परिसूचक साढे ४ अङ्कले बढेको छ ।

हिजो (बिहीबार) १६.६० अङ्कले घटेर २०२७.३२ विन्दुमा बन्द भएको नेप्से यस दिन प्री ओपन सेसनमा ४.५५ अङ्कले बढेर २०३१.८७ विन्दुमा पुगेको छ । आज सोही समयमा १४ स्टकको ९६६ कित्ता सेयर कारोबार भयो ।

सो सेसनमा कूल २६ वटा कारोबार भएको छ। कारोबारमा आएका १३ समूहमध्ये ८ समूहको सूचक बढ्यो भने ४ को घट्यो । एउटा समूहको सूचक स्थिर रह्यो ।

सेन्सेटिभ इन्डेक्स ०.६० अङ्कले बढेर ३८६.०९ विन्दुमा पुगेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment