रामेछापको लुभुघाटमा बस दुर्घटना, ४० जना घाइते

२१ असार, काठमाडाैँ । रामेछापको सुनापती गाउँपालिका–५ स्थित लुभुघाटमा बस दुर्घटना भएको छ । हिलेदेबीबाट काठमाडौं आउँदै गरेको बा.३ ख ८३९६ नम्बरको बस दुर्घटना भएको रामेछापका डिएसपी राजकुमार थिङले रातोपाटीलाई बताए ।

दुर्घटनामा परेर ४० जना घाइते भएका छन् । घाइतेहरुको उद्दार कार्य जारी छ । एम्बुलेन्सबाट ७ जनालाई धुलिखेल अस्पतालमा पठाइएको छ । रामेछापका डिएसपी थिङ दुर्घटनास्थलमा जाँदै छन् ।

लुभुखोला माथिको घुम्तीबाट बस तल खसेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment