गठबन्धन देशका लागि अभिसाप : ओली

२० असार, काठमाडौं । नेकपा एमालेका अध्यक्ष केपी शर्मा ओलीले सत्ता गठबन्धन अभिसाप भएको बताएका छन्। सोमबार प्रतिनिधि सभामा विशेष समय लिएर बोल्दै प्रमुख प्रतिपक्षी दलका नेता ओलीले गठबन्धन जोगाउने नाममा राष्ट्रियतादेखि अर्थतन्त्रसम्म संकटमा पारिएको बताए।

उनले भने, ‘उता बाँध्यो, गठबन्धनको यता जुइनो फुस्किन्छ। फेरि बाध्यो। बेहाल छ गठबन्धन जोगाउन। राजनीतिका लागि, राष्ट्रियताका लागि, अर्थतन्त्रका लागि र जनताको पीरमर्काका लागि अभिसाप हो।’

सरकार गठबन्धन टिकाउने संकल्पमा मात्रै रहेको उनको आरोप थियो। गठबन्धनमा कुनै गन्तव्य नभएको, देशका लागि केही गर्ने अठोट संकल्प केही नभएको उनले बताए। ‘किसानले मल पाउँदैनन्। स्वास्थ्य बीमा समाप्त पार्दै लगेको छ। शेयर बजारमा रुवाबासी छ। रेडक्रसमा हस्तक्षेप एनआरएनएमा हस्तक्षेप भयो’ उनले भने।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment