रुपन्देहीमा पेस्तोल र गोलीसहित ३ जना भारतीय नागरिक पक्राउ

२० असार, काठमाडाैँ । लुम्बिनी साँस्कृतिक नगरपालिका–६ बसपार्कबाट एक थान कटुवा पेस्तोल, सोही पेस्तोलको दुई थान गोली र एक थान चक्कुसहित ३ जनालाई आइतबार राति प्रहरीले पक्राउ गरेको छ ।

पक्राउ पर्नेहरूमा भारत सिद्धार्थनगर बस्ने चिनक भनिने ३४ वर्षीय मेदि हुसेन, सोही ठाउँ बस्ने ५१ वर्षीय अकबर खान र ५५ वर्षीय आसिक अलि रहेका छन् । उनीहरू यूपी ५५ एडी ०६८४ नम्बरको मोटरसाइकल आएका थिए ।

शंका लागि इलाका प्रहरी कार्यालय लुम्बिनीबाट खटिएको प्रहरीले उनीहरुको पिछा गरेको थियो । सोही क्रममा मोटरसाइकलले गोरुलाई ठक्कर दिई दुर्घटना हुँदा उनीहरूको साथबाट उक्त हतियार बरामद भएको हो ।
घाइते भएका उनीहरूको मेडिकल कलेज भैरहवामा प्रहरीको निगरानीमा उपचार भइरहेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarnepalNews
Comments (0)
Add Comment