रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु

१९ असार, काठमाडाैँ । रुपन्देहीमा सवारी दुर्घटना हुँदा एक जनाको मृत्यु भएको छ । आइतबार रुपन्देहीको तिलोत्तमा नगरपालिका–४ दश नम्बर चोकमा भएको सवारी दुर्घटनामा ५० वर्षीय तुलसी पाठकको मृत्यु भएको हो ।

लु ७९ प ५४९१ नम्बरको स्कुटर पल्टिदा गम्भीर घाइते भएका उनको उपचारका क्रममा मृत्यु भएको इलाका प्रहरी कार्यालय बुटवलले जनाएको छ । प्रहरीले घटनाबारे थप अनुसन्धान सुरु भएको जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment