बंगलादेश प्रस्थान गर्दै एन्फा महासचिव राई

१६ असार, काठमाडौं । अखिल नेपाल फुटबल संघ (एन्फा) का महासचिव किरण राई दक्षिण एसियाली फुटबल महासंघ (साफ) को साधारणसभामा सहभागी हुन बंगलादेश प्रस्थान गर्दै छन्।

महासचिव राई साफको साधारणसभामा सहभागी हुन बिहीबार दिउँसो बंगलादेश जान लागेका हुन्। राईको साथमा एन्फाका सदस्य विकास नारायण श्रेष्ठ र न्यूरोड टिम (एनआरटी)का अध्यक्ष सुन्दरनरसिंह जोशी पनि बंगलादेश प्रस्थान गर्नेछन्।

महासचिव राईले साधारणसभामा काठमाडौंमा साफ महिला च्याम्पियनसिप गराउने एन्फाको प्रस्ताव औपचारिक रुपमा प्रस्तुत गर्नेछन्।

महाधिवेशनमा साफ सदस्यहरूबीचको फुटबल विकासका विषयमा पनि छलफल हुनेछ। तीनै जना दिउँसो १ बजे बंगलादेशको राजधानी ढाका जाँदैछन्।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment