डेढ सय रुपैयाँसम्म घट्यो गाडी भाडा, कहाँ जान कति लाग्छ ?

१३ असार, काठमाडौं । पेट्रोलियम पदार्थको मूल्य अचाक्ली वृद्धि भएको भन्दै चर्को विरोधपछि सरकारले पेट्रोलियम पदार्थको मूल्य र सार्वजनिक यातायातको भाडा घटाएको छ । सरकारले लामो दूरीको सार्वजनिक सवारीसाधनको भाडा घटाएको हो । जसअनुसार कतिपय ठाउँमा डेढ सय बढीसम्म भाडा घटेको छ ।

सरकारले अन्तर प्रदेश चल्ने सार्वजनिक सवारीको भाडा घटाएको हो । शनिबार रातिबाट पेट्रोलियम पदार्थको मूल्य घटेलगत्तै सरकारले सार्वजनिक सवारीको भाडा पनि घटाएको हो ।

यात्रुवाहक सवारीको भाडा ५.४१ प्रतिशत, पहाडी बाटोमा चल्ने मालवाहक सवारीको ६.९७ प्रतिशत र तराईको बाटोमा चल्ने मालवाहक सवारीको भाडा ७.६८ प्रतिशतले घटेको छ । नयाँ भाडाअनुसार काठमाडौंदेखि बाजुराको मार्तडीसम्म पुग्न ९ सय ४४ किमी बाटोमा ३ हजार १ सय ७५ लाग्ने गरेकोमा अब ३ हजार ३ सय कायम गरिएको छ ।

जसमा १ सय १ सय ७२ रुपैयाँ सस्तो भएको छ । काकडभिट्टा–नारायणगढको भाडा यसअघि १३ सय ३६ रहेकोमा अब १२ सय ६४ रुपैयाँ कायम गरिएको छ । काठमाडौं– अत्तरिया–सिलगढीको भाडा २५ सय ८४ रहेकोमा अब २४ सय ४५ कायम गरिएको छ । काठमाडौंदेखि इलामको भाडा २ हजार ७९ रहेकोमा अब १९ सय ६७ कायम गरिएको छ । यसैगरी, काठमाडौं झापाको भाडा १८ सय ४ रहेकोमा अब १७ सय ६ रुपैयाँ कामय गरिएको छ ।

काठमाडौंदेखि धनगढी सीतागढी साँफेबगरसम्मको ८ सय ९९ किमीको भाडा २८ सय ८९ रहेकोमा अब २७ सय ३३ रुपैयाँ तोकिएको छ । काठमाडौं धरानको भाडा यसअघि १६ सय ५ रुपैयाँ रहेकोमा अब १५ सय १८ कायम गरिएको छ । सरकारले शनिबार पेट्रोलको मूल्यमा प्रतिलिटर २० रुपैयाँ र डिजेलमा २९ रुपैयाँ मूल्य घटाएको थियो । यातायात व्यवस्था विभागले स्वचालित प्रणालीअनुसार भाडा समायोजन गरिएको जनाएको छ । इन्धनको मूल्य ५ प्रतिशतभन्दा धेरैले बढेमा वा घटेमा समायोजन हुने गर्छ ।

पटकपटक वृद्धिपछि घट्दा केही राहत

विगत एक वर्षको तुलनामा सार्वजनिक तथा मालवाहक सवारीसाधनको भाडा भने ५० प्रतिशतभन्दा बढीले वृद्धि भइसकेको छ । सरकारले गत वर्षको असार, चैत र जेठ महिनामा दुईपटक गरेर चारपटक भाडा वृद्धि गर्दै सार्वजनिक तथा मालवाहक सवारी साधनमा ५० प्रतिशत बढी मूल्य वृद्धि गरेको छ ।

गत २०७८ असार अन्तिममा सरकारले २८ प्रतिशतसम्म सवारीसाधनको भाडा वृद्धि गरेको थियो । सरकारले चैत तेस्रो साता पुनः दोस्रोपटक १५ प्रतिशतसम्म हुने गरी भाडा बढाएको थियो । गत असारमा तत्कालीन सरकारले मन्त्रीस्तरीय निर्णय गर्दै २८ प्रतिशतसम्म भाडा वृद्धि गरेकोमा चैतमा पुनः १५ प्रतिशतसम्म वृद्धि भएको थियो ।

विभागले गत चैत अन्तिममा सार्वजनिक गरेको भाडादरअनुसार एक प्रदेशबाट अर्कोमा सञ्चालन हुने सार्वजनिक यात्रुवाहक सवारीसाधनको भाडादर १० प्रतिशतले वृद्धि गरेको थियो । सरकारले गत जेठ पहिलो साता पुनः तेस्रोपटक सवारीसाधनको भाडा बढाएको थियो । इन्धनको मूल्यवृद्धि भएसँगै सरकारले स्वचालित प्रणालीअन्तर्गत सार्वजनिक यातायातको भाडा वृद्धि गरेको जनाएको थियो ।

यातायात व्यवस्था विभागले जेठ पहिलो साता अन्तरप्रदेश यात्रुवाहक सवारीसाधनको भाडा ३.५ प्रतिशतले वृद्धि गरेकोमा पहाडी बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ४.६ प्रतिशत र तराईको बाटोमा सञ्चालन हुने मालवाहक सवारीको भाडा ५.१ प्रतिशतले बढाएको थियो । सरकारले पुनः जेठ दोस्रो साता चौथोपटक सवारीसाधनको भाडा वृद्धि गरेको थियो । राजधानी दैनिक



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment