अर्थतन्त्रमा देखिएका समस्या समाधान गर्न गगन थापाले भेटे राष्ट्र बैंकका गभर्नर अधिकारीलाई

१० असार, काठमाडौं । नेपाली कांग्रेसका महामन्त्री गगन थापाले नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलाई भेटेका छन्।

गभर्नर अधिकारीसँग हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पूँजी बजारको समस्या सम्बोधनलगायत विषयमा छलफल गरिएको थापाले बताए।

‘नेपाल राष्ट्र बैंकका गभर्नर महाप्रसाद अधिकारीलगायत वरिष्ठ अधिकारीसँग भेटेर हालको तरलता अभाव, मुद्रा सञ्चितीको अवस्था र पुँजी बजारको समस्या सम्बोधन गर्न आवश्यक विषयहरूमा छलफल गरेको छु,’ उनले भने।

साथै अर्थतन्त्रमा देखिएका यी लगायतका समस्या समाधानका उपायहरू सहित अबको मौद्रिक नीति तयार पार्न पनि उनले आग्रह गरेका छन्।



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusdigital khabarGagan ThapaLockdownnepalNepal Rastra BankNewsNRBPolitic
Comments (0)
Add Comment