वीरगञ्जले ल्याउँदैछ ३ अर्ब ३० करोडको बजेट

०९ असार, वीरगञ्ज । मधेशको एक मात्र महानगरपालिका वीरगञ्जका जनप्रतिनिधि र कर्मचारी हिजोआज बजेट बनाउन व्यस्त छन् । शुक्रबार हुने नगरसभामा महानगरपालिकाले आगामी आर्थिक वर्ष २०८९/८० का लागि ३ अर्ब ३० करोडको हाराहारीमा बजेट ल्याउने तयारी गरेको छ ।

संघीय सरकार र प्रदेश सरकारले दिने अनुदान तथा राजश्व बाँडफाडबाट प्राप्त रकम नै वीरगञ्जको बजेटके मुख्य स्रोत हो । संघ सरकारबाट सशर्त अनुदान ८० करोड ९८ लाख, विशेष अनुदान पूँजीगत ६ करोड, समपूरक अनुदान १० करोड, प्रदेश

सरकारबाट सशर्त अनुदान १ करोड ७५ लाख, विशेष अनुदान ४० लाख, समपूरक अनुदान २५ लाख, क्षेत्रीय शहरी विकास आयोजना (आरयूडीपी) मार्फत १२ करोड ६१ लाख ८५ हजार रुपैयाँ प्राप्त हुने महानगरपालिकाको अनुमान छ ।

त्यस्तै सडक बोर्डबाट २ करोड, जिल्ला समन्वय समितिबाट ९६ लाख, नेपाल सरकारको वित्तीय समानीकरणको रकम ४७ करोड ८८ लाख, प्रदेश सरकारको ३ करोड २९ लाख ९ हजार, राजश्व वाँडफाँडतर्फ नेपाल सरकारको तर्फबाट २५ करोड ७६ लाख ५८ हजार रुपैयाँ, आन्तरिक राजश्व ९८ करोड ७२ लाख हुने अनुमान गरिएको छ ।

वित्तीय समानीकरण र राजश्व बाँडफाँडको रकम महानगरले प्राथमिकताको क्षेत्रमा बाँडेर खर्च गर्न सक्छ । चालु आर्थिक वर्षमा खर्च गर्न नसकेर बचेको नगद मौज्दात २५ करोड रुपैयाँ रहने अनमान गरिएको छ । महानगरपालिकाको बजेट तथा योजना तर्जुमा समितिले बजेटलाई अन्तिम रुप दिँदैछ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment