जिप दुर्घटनामा चालक र सहचालकको मृत्यु

०५ असार, जाजरकोट । रुकुमपश्चिम आठबिसकोट नगरपालिका–११ चिसापनी नजिकै राडीबाट रिम्नातर्फ जाँदै गरेको ग१ज १८९७ नंको जिप दुर्घटना हँुँदा चालक र सहचालकको घटनास्थलमै मृत्यु भएको छ ।

इलाका प्रहरी कार्यालय आठबिसकोटका अनुसार शनिबार साँझ भएको सो दुर्घटनामा मृत्यु हुनेमा चालक बाँफिकोट गाउँपालिका–८ दुलिका कविराम विक र सहचालक मुसिकोट नगरपालिका–११ का कमल खड्का छन् । जिपमा चालक र सहचालक मात्र रहेको जनाइएको छ । प्रहरीका अनुसार जिप अनियन्त्रित भई भेरी नदीमा खसेको हो ।



मल्टिमिडिया ग्यालरी

Coronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment