प्रतिमहिना औसतमा ५० हजार पर्यटक नेपाल आउँदैछन् : मन्त्री प्रेम आले

०१ असार, काठमाडाैँ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयन मन्त्री प्रेमबहादुर आलेले नेपालमा पछिल्ला महिनामा औसतमा ५० हजार हाराहारी पर्यटक आउन थालेको बताएका छन् । आज प्रतिनिधिसभाको बैठकमा सम्बोधन गर्दै आलेले औसतमा ५० हजार पर्यटक नेपाल भित्रिरहेको बताए ।

उनले विश्व कोरोना महामारीबाट मुक्त हुने क्रममा रहेकाले पर्यटकको आगमन पनि बढ्दो अवस्थामा रहेको बताए । यही यस्तै, आगामी महिनाहरूमा पर्यटकको संख्या झनै बढ्ने भएकाले सन् २०२२ मा १० लाख पर्यटक भित्रन सक्ने मन्त्री आलेको प्रक्षेपण छ । पछिल्लो समय नेपालले हिमाल आरोहण तथा पदयात्राको सहजताका लागि पर्यटन विभागमार्फत बजेट विभाजन गरिएको छ ।

यो योजनाका लागि आगामी आर्थिक वर्ष २०७९/८० का लागि ९० करोड रुपैयाँ बराबरको बजेट छुट्याइएको छ । यसैगरी, यही वर्षदेखि भैरहवामा नेपालकै दोस्रो अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनमा ल्याइएको छ ।

करिब ७० वर्षपछि सञ्चालनमा आएको गौतम बुद्ध अन्तर्राष्ट्रिय विमानस्थल भावी पुस्ताका लागि आवश्यक छ । र, यस अन्तर्राष्ट्रिय विमानस्थलले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको चाप कम पर्ने मन्त्री आलेको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment