चितवन राष्ट्रिय निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि बन्द

०१ असार, चितवन । चितवन राष्ट्रिय निकुञ्जले निकुञ्जभित्र गरिने पर्यटकीय गतिविधि आज बुधबारदेखि बन्द गरेको छ।

मनसुन सुरु भएसँगै कच्ची वनपथ बिग्रने, जंगलका स–साना खोल्सामा बाढी आउने तथा रूख लडेर बाटो अवरुद्ध हुन सक्ने भएकाले निकुञ्जभित्र गरिने जंगल सफारी, जंगल वाकलगायत पर्यटकीय गतिविधि अर्को सूचना जारी नभएसम्मका लागि बन्द गरिएको हो।

निकुञ्जले हरेक वर्ष वर्षातको समयमा यस्ता गतिविधि बन्द गर्ने गर्दछ। योसँगै राप्ती नदीमा गरिने डुङ्गा सफारी पनि बन्द गरिएको निकुञ्ज प्रशासनले जनाएको छ।

चालु आर्थिक वर्षमा एक लाख ५९ हजार आठ सय ८१ पर्यटकले निकुञ्जको भ्रमण गरेका छन्। जसबाट चालु आर्थिक वर्षको वैशाखसम्म आठ करोड १७ लाख ८३ हजार राजस्व संकलन भएको निकुञ्ज प्रशासनले जनाएको छ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment