बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चद्वारा रक्तदान कार्यक्रम आयोजना गर्दै

३१ जेठ, काठमाडौं । रक्तदान गरौं, जिवन बचाउने अभियानमा सहभागि बनौं आग्रह गर्दै बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्चले वृहत रक्तदान कार्यक्रम आयोजना गर्न लागेको छ ।

रक्तदान कार्यक्रम काठमाडौं गोकर्णेश्वर नगरपालिका ०५ को कार्यालय जोरपाटीमा हुने भएको हो । रक्तदान बिहान १० बजेबाट हुने कार्यक्रमका संयोजक तथा युवा समाजसेवी प्रविन घिमिरेले जानकारी दिनुभयो ।

बी.पी. कोइराला युवा नेतृत्व विकास मञ्च केन्द्रीय समितिले आयोजना गरेको वृहत रक्तदान कार्यक्रमका संयोजक प्रविन घिमिरे रहेका छन् 

रगतको अभाव नहोस भन्ने उद्धेयले केही सामाजिक कार्य गर्न र सामाजिक कार्यमा सहभागि भइ रक्तदान गर्न कार्यक्रम संयोजक घिमिरेले सवैमा आग्रह गर्नुभएको छ ।

रक्तदान कार्यक्रम स्थानः गो न पा ५ जोरपाटि प्राङगण मिति २०७८ असार ०४ गते शनिबार समय बिहान १० बजे सुरु हुदै छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment