पुटिनको दिसा पिसाबसमेत संकलन गरी रुस पठाइन्थ्यो !

२८ जेठ, पेरिस । फ्रान्सका सञ्चार माध्यमहरूले रुसी राष्ट्रपति भ्लादिमिर पुटिन विदेश भ्रमणमा जाने क्रममा उनका सहयोगीहरूले उनको दिसा पिसाब संकलन गर्ने गरेको बताएका छन् । सन् २०१९ को उत्तरार्धमा पुटिनले साउदी अरेबियाको भ्रमण गरेको बेला उनका विशेष अंगरक्षकले यस्तो अनौठो काम गरेकोबारे अप्रत्यक्ष प्रमाण पत्रकारहरूले फेला पारेका छन् ।

यस्तो काममा संलग्न रहेको बताइएका एकै व्यक्तिले फ्रान्स भ्रमणको बेला पनि पुटिनलाई बाथरुमसम्मै पछ्याएका थिए । यस विषयमा तयार गरिएको प्रतिवेदनअनुसार ती एजेन्टले विशेष झोलाहरूमा संकलन गरेको पुटिनको दिसा पिसाब ब्रिफकेसमा प्याक गरेर रुस पठाइन्थ्यो । सायद पुटिनको स्वास्थ्यबारे कसैले कुनै पनि जानकारी लिन नसकोस् भन्ने हेतुले यस्तो गरिएको हुनुपर्ने अनुमान गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment