आज – २८ जेठ २०७९ शनिवार को राशिफल

२०७९ जेठ २८ गते, शनिवार, ११ जुन २०२२। ज्येष्ठ शुक्लपक्ष द्वादशी तिथि। स्वाती नक्षत्र। चन्द्रराशि– तुला।

मेष – ARIES चु, चे, चो, ला, लि, लु, ले, लो, अ

केही खर्च लागे पनि घुमफिर तथा मनोरञ्जनको समय छ। भौतिक साधनले जीवनशैलीमा परिवर्तन ल्याउनेछ। अतिथिका रूपमा सत्कार पाइनेछ। परिस्थिति अनुकूल रहे पनि भौतिक सुविधाले खर्च निम्त्याउन सक्छ। विशेष निम्तो प्राप्त हुनाले आतिथ्य खर्चिलो बन्नेछ। व्यवसायको सन्दर्भमा पनि रमाइलो यात्रा हुनेछ। तर, मनोरञ्जनमा अलमलिँदा लक्ष्यमा बाधा पुग्नेछ।

वृष – TAURUS इ, उ, ए, ओ, बा, बि, बु, बे, बो

ठूला व्यक्तिहरू प्रतिस्पर्धामा उत्रिने समय रहेकाले सावधानीसाथ काममा उत्रनुपर्ला। ईर्ष्या गर्नेहरूले अवरोध पुर्याउलान्। आफ्ना सामानमा अरूले दाबी गर्न सक्छन्। यात्रा गर्दा धनमाल सुरक्षामा ध्यान दिनुहोला। मिहिनेत गर्दा चुनौती चिर्दै काम बनाउन सकिनेछ। बलभन्दा बुद्धिको उपयोगले फाइदा दिलाउनेछ। ईर्ष्या गर्नेहरूलाई मिहिनेतको पाठ सिकाउन सकिनेछ।

मिथुन – GEMINI का, कि, कु, घ, ङ, छ, के, को, ह

शुभचिन्तकहरूले साथ दिनेछन्। लगनशीलताले राम्रै उपलब्धि दिलाउनेछ। पढाइलेखाइमा प्रगति हुनेछ। सेवामूलक कामबाट धनलाभ हुनेछ। प्रतिभा प्रदर्शन गर्दै बौद्धिक प्रतिस्पर्धामा विजयी भइनेछ। प्रयत्न गर्दा लक्ष्य प्राप्त हुनुका साथै दिगो लाभ हुने काम प्रारम्भ हुनेछ। फाइदाको स्रोत पहिल्याउन सकिनेछ। गुरुजनको सुझाव र सन्तानको सहयोग लाभदायी बन्नेछ।

कर्कट – CANCER हि, हु, हे, हो, डा, डि, डु, डे, डो

प्रयत्न गर्दा विश्वास नलागेको काम समेत बन्न सक्छ। बाहिरी काम छोडेर पनि आफन्त र परिवारजनलाई समय दिनुपर्ला। कृषि, पशुपालन तथा घरेलु कामकाजमा जुट्नुपर्ने देखिन्छ। बगैंचा, फूलबारी र घरको साजसज्जामा समय बित्नेछ। टाढिएका आफन्त, साथीभाइ नजिकिन सक्छन्। लगनशीलताले प्रतिष्ठा दिलाउन सक्छ। दोहोर्याएर प्रयत्न गर्दा लक्ष्य प्राप्ति हुनेछ।

सिंह – LEO मा, मि, मु, मे, मो, टा, टि, टु, टे

अवसर प्राप्त भए पनि परिस्थिति सोचेजस्तो सहज नरहला। चिताएका काममा बेलैमा योजना बनाएर प्रारम्भ गर्दा फाइदा हुनेछ। बलजफ्ती गर्ने बानीले समस्या निम्त्याउन सक्छ। तापनि मिहिनेतले दैनिकीमा परिवर्तन ल्याउन सकिनेछ। लाभांश खर्च भए पनि व्यापार बढ्नेछ। प्रतिस्पर्धीलाई व्यवहारले उछिन्न सकिनेछ। अप्ठ्यारो समयमा अग्रजहरूले साथ दिनेछन्।

कन्या – VIRGO टो, प, पि, पु, ष, ण, ठ, पे, पो

बुद्धिको उपयोगले विद्या तथा धन आर्जन हुनेछ भने सम्पादित कामबाट मनग्गे धन लाभ हुनेछ। मिहिनेतले सम्मानित स्थान दिलाउनेछ। प्रतिष्ठित काम गर्ने अवसर प्राप्त हुनेछ। बोलीको भरमा चिताएको काम सम्पादन हुन सक्छ। विचारले धेरैलाई आकर्षण गर्ने समय छ। प्रशंसकहरू बढ्नेछन्। सहयोगीहरूले साथ दिनेछन् भने रोकिएका काम पनि सम्पादन हुनेछन्।

तुला – LIBRA र, रि, रु, रे, रो, ता, ति, तु, ते

नयाँ कामको प्रस्ताव आउनेछ भने साथ दिनेहरू बढ्नेछन्। प्रतिष्ठित काम गर्दै नाम, दाम र इनाम कमाउने बेला छ। रचनात्मक काम प्रारम्भ गर्ने समय छ। सहयोगीहरूले राम्रो साथ दिनेछन् भने पहिलेको सफलताले पनि थप काम गर्न हौसला प्रदान गर्नेछ। बिछोडिएका परिवारजनसँग भेटघाट हुनेछ। रमाइलो जमघटका बीच स्वादिष्ट भोजनको आनन्द प्राप्त हुनेछ।

वृश्चिक – SCORPIO तो, ना, नि, नु, ने, नो, या, यि, यु

छिमेकमा असमझदारी बढ्ने देखिएकाले होसियारीसाथ काम लिनुहोला। फाइदाका लागि केही वस्तु त्याग्नुपर्ला। आकस्मिक खर्च बढे पनि आवश्यक पर्दा सरसापटमार्फत धन जुट्नेछ। लामो यात्रा गर्ने अवसर प्राप्त हुनेछ। आफ्नाबाट भने टाढिनुपर्ने हुन सक्छ। लगानी बढाउनुपरे पनि प्रतीक्षित नतिजाले उत्साह जगाउनेछ। दोहोर्याएर प्रयत्न गर्दा रोकिएको काम बन्नेछ।

धनु – SAGITTARIUS ये, यो, भ, भि, भु, ध, फा, ढ, भे

प्रयत्न गर्दा छोटो समयमै काम बनाउन सकिनेछ। विभिन्न अवसर प्राप्त हुनुका साथै दैनिकीमा परिवर्तन आउन सक्छ। नयाँ काम प्रारम्भ हुनेछ भने मनग्गे आम्दानी बढ्नेछ। उद्योग र व्यापारमा विशेष फाइदा हुनेछ। विभिन्न परोपकारी काममा प्रवृत्त भइनेछ। विगतका कर्मको उचित प्रतिफल प्राप्त हुनेछ। सहयोगीहरूको साथ पनि जुट्नेछ। मिहिनेत गर्दा लक्ष्यमा पुगिनेछ।

मकर – CAPRICORN भो, ज, जि, खि, खु, खे, खो, गा, गि

आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। अवसरका लागि केही विवादास्पद जिम्मेवारी वहन गर्नुपर्ला। समयमा लगनशील बन्न नसक्ता अलि पछि परिनेछ। नयाँ जिम्मेवारी पाइनेछ। तर, उपलब्धिका लागि समय प्रतीक्षा गर्नुपर्ला। स्वार्थका लागि सम्बन्ध गाँस्नेहरूले धाेका दिनेछन्। संघर्षपूर्ण काम गर्नुपरे पनि जीवनशैलीमा सुधार ल्याउन सकिनेछ।

कुम्भ – AQUARIUS गु, गे, गो, सा, सि, सु, से, सो, द

श्रम परे पनि सानाे प्रयत्नले लक्ष्यमा पुर्याउनेछ। तारिफयोग्य काम गर्दै अरूको उपकार गर्न सकिनेछ। धर्मकर्म तथा सेवामूलक काममा प्रवृत्त भइनेछ। आजको मिहिनेतले भविष्यमा नाम र प्रतिष्ठा दिलाउन सक्छ। साथीभाइको सहयोगले हिम्मत दिलाउनेछ। दिगो फाइदा हुने योजना कार्यान्वयन गर्न सकिनेछ। सामाजिक दायित्व बढ्नेछ। मिहिनेतले नाम, दाम र इनाम दिलाउनेछ।

मीन – PISCES दि, दु, थ, झ, ञ, दे, दो, च, चि

काम बिग्रने भयले सताउनेछ भने न्यून उपलब्धिमा चित्त बुझाउनुपर्ने परिस्थिति रहनेछ। स्वास्थ्य कमजोर रहनाले सोचेको उपलब्धि तत्काल नपाइएला। प्रतीक्षित नतिजा कमजोर देखिनाले काम दोहोर्याउनुपर्ने हुन सक्छ। आफ्ना सूचना बाहिरिने समय रहेकाले गोपनीयतामा ध्यान पुर्याउनुहोला। केही समय प्रतीक्षा गर्नुपरे पनि बुद्धिको उपयोगले समस्या सुल्झाउन सकिनेछ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment