नास्टको टोली सिस्डोलमा, १ किलोमिटर सम्मको पानीको प्रदुषण उच्च

२५ जेठ,काठमाडौं । काठमाण्डौमा थुप्रिएको फोहोर यतिबेला धेरैको टाउको दुःखाईको बिषय बनेको छ । राजधानीको फोहोरको दिर्घकालिन ब्यवस्थापन निक्कै चुनौतीको बिषय बनेको छ यतिबेला । काठमाण्डौको मेयरमा निर्वाचित भए संगै बालेन्द्र शाह यसकै ब्यवस्थापनका लागि अहोरात्र खटिरहेका छन् । यसैक्रममा नेपाल विज्ञान तथा प्रविधि प्रज्ञा प्रतिष्ठान नास्टका विज्ञ टोलीले फोहोर बिर्सनस्थल नुवाकोटको सिस्डोलमा पुगेर शुक्ष्म अध्ययन थालेका छन् ।

मंगलबार काठमाडौं महानगरपालिकाको वातावरण शाखाका कर्मचारीसहित नाष्टका विज्ञ टोली सो क्षेत्रमा अध्ययनका लागि पुगे । डा. रविन्द्र ढकाल, डा. टिस्टा प्रसाइँ जोसी, डा. सौरभ भट्टराई, अनिता पन्थी र सुनिता श्रेष्ठसहितको नास्टको विज्ञ टिमले फोहोरको लिच्चड मिसिएर भएको प्रदूषणको अध्ययन सुरु गरेका छन् ।

लिच्चड मिसिनुभन्दा अगाडि, लिच्चड मिसिएको स्थान र लिच्चड मिसिने स्थान भन्दा ९२० मिटर वरपर गरेर ३ फरक फरक विन्दुबाट पानीको नमुना संकलन गरेर अध्ययन सुरु गरिएको मेयर शाहले जानकारी दिए । सिस्डोलबाट संकलन गरिएको स्याम्पलहरुको तुलनात्मक अध्ययन गर्दा पानीमा प्रशस्तमात्रामा लिच्चड मिसिएको देखिएको शाहले जानकारी दिएका छन् ।

स्रोतबाट १ किलोमिटर परसम्मको पानीमा समेत उच्च प्रदूषण रहेको अनुषन्धानले देखाएको छ । जसको असर जलचर प्राणीमा समेत पर्न जाने अध्ययनबाट खुलेको छ । यसको असर बाट बच्न नयाँ बिकल्प अघि आउने समेत शाहले बताए । अध्ययन टोलीको पुर्ण रिर्पाेट आएपछि त्यसको निरुपणको विधि पनि सुझाव गर्ने उनको भनाइ छ । नास्ट लगायत अन्य विज्ञहरुसँग समन्वय गरेर तत्कालै गर्न सकिने, मध्यमकालिन र दीर्घकालिन समाधानको बारेमा छलफल र अभ्यास गरिने प्रमुख साहको भनाइ छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepal
Comments (0)
Add Comment