सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सरकारलाई रावलको सुझाव

१२ जेठ, काठमाडाैँ । नेकपा एमालेका नेता भिम रावलले सरकारले सञ्चालन गर्ने सबै कार्यक्रम मन्त्रीको नामबाट राख्न सुझाव दिएका छन् । उनले प्रतिनिधि सभामा सम्बोधन गर्दै नीति तथा कार्यक्रममा समेटिएका योजनामा ‘प्रधानमन्त्री’ राखेपछि यस्तो सुझाव दिएका हुन् ।

‘देश र जनताका लागि सार्वजनिक गरिएका कार्यक्रमको अघि किन प्रधानमन्त्रीको नाम जोडेको ?’ उनले भने, ‘त्यसो भए अब सबै कार्यक्रमहरू मन्त्रीका नामबाट राख्नुहोस् ।

’ उनले देशको बजेटबाट राष्ट्रका लागि सञ्चालन गरिने कार्यक्रम कुनै पद विशेष कार्यक्रम भनिनु सामन्ती र व्यक्तिवादी चिन्तनको रूप भएको समेत बताए ।

यस्तै, सन् २०२६ मा नेपाललाई अति कम देशबाट विकासशील देशमा स्तरोन्नती गर्ने ठोस प्रस्तावको बारेमा प्रस्ट्याउन समेत उनले माग गरेका छन् ।

त्यसका लागि सरकारले बनाएका योजना र विकासका लक्ष्य बारे प्रस्ट्याउन रावलले भनेका हुन् । ‘देश गम्भिर आर्थिक संकट झेलिरहेको र भविष्यमा गम्भिर समस्या आउनसक्ने अर्थविद्हरूले बताइरहेको समयमा त्यसलाई सामना गर्ने योजना खै ?’ उनले थप प्रश्न गरे ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarLockdownnepalNewsPolitic
Comments (0)
Add Comment