करार अवधि थप गरिदिने भन्दै तीन लाख घुस लिने प्रधानाध्यापकविरुद्ध विशेष अदालतमा मुद्दा 

१२ जेठ, काठमाडाैँ । अख्तियार दुरुपयोग अनुसन्धान आयोगले करार अवधि थप गरिदिने भन्दै सेवाग्राहीसँग घुस लिने एक प्रधानाध्यापकसहित सर्जिकल पसलका सञ्चालकविद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ।

रौतहटको विश्वेश्वरप्रसाद कोइराला आदर्श मावि जोकाह, घिराउका प्रधानाध्यापक रमेशकुमार ठाकुर र दीपेन्द्र सर्जिकल पसलका सञ्चालक दीपेन्द्रकुमार झाविरुद्ध बिहीबार विशेष अदालतमा मुद्दा दायर गरिएको हो।

प्रधानाध्यापकले करार अवधि थप गरिदिने भन्दै झामार्फत तीन लाख रुपैयाँ घुस लिन लगाएका थिए। अख्तियार दुरुपयोग अनुसन्धान आयोग टंकालबाट खटिएको टोलीले झालाई ठाकुरले लिन लगाएको घुसहित पक्राउ गरेको थियो।

उक्त घुस प्रकरणमा ठाकुर र झा दुवै दोषी देखिएपछि उनीहरूविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरिएको हो। घुस लिएको प्रमाणित हुन आएपछि दुवैजनाउपर तीन/तीन लाख रुपैयाँ विगो दावी गर्दै अख्तियारले बिहीबार मुद्दा दायर गरेको हो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment