उत्तरकोरियाद्वारा क्षेप्यास्त्र प्रक्षेपण

११ जेठ, एजेन्सी । प्रजातान्त्रिक जनगणतन्त्र कोरियाले पूर्वतर्फ क्षेप्यास्त्र प्रहार गरेको छ । उसले आफ्नो पूर्वी जलक्षेत्रमा तीनवटा क्षेप्यास्त्र प्रहार गरेको दक्षिण कोरियाका संयुक्त चिफ अफ स्टाफ (जेसीएस) ले बताएका छन् ।

जेसीएसले स्थानीय समय अनुसार क्रमशः बिहान ६, ६ः३७ र ६ः४२ बजे प्योङयाङको सुनान क्षेत्रबाट प्रक्षेपण पत्ता लगाएको हो । योसँगै यो वर्ष उत्तरकोरियाले १७ औँ पटक क्षेप्यास्त्र प्रक्षेपण गरेको छ ।

दक्षिणकोरियाका राष्ट्रपति युन सुक–योलले उत्तरकोरियाको क्षेप्यास्त्र प्रक्षेपणपछि राष्ट्रिय सुरक्षा परिषद् (एनएससी) को बैठक गर्नुभएको राष्ट्रपति कार्यालयले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment