पाँच भन्सार नाकाबाट उच्च आयात हुँदा ११ नाकाबाट निर्यात शुन्य

११ जेठ, काठमाडाैँ । देशभर सञ्चालनमा रहेका दुई दर्जन भन्दा बढी भन्सार नाकाहरुमध्ये ५ वटा नाकाबाट उच्चरुपमा वैदेशिक व्यापार हुँदै आएको छ । कुल सञ्चालनमा रहेका २६ नाकामध्ये मुख्य ५ नाकाबाट मात्रै ८५ दशमलव ५९ प्रतिशत आयात र ९१ दशमलव ५९ प्रतिशत निर्यात हुने गरेको छ ।

भन्सार विभागले प्रकाशित गरेको चालु आर्थिक वर्ष २०७८र७९ को १० महिना अर्थात साउनदेखि बैशाखसम्मको अवधिमा वीरगञ्ज, भैरहवा, ड्राइपोर्ट, त्रिभुवन अन्तराष्ट्रिय विमानस्थल तथा विराटनगर गरी यी मुख्य ५ नाकाबाट सबैभन्दा बढी वैदेशिक व्यापार भएको भन्सार विभागले जनाएको छ ।

सबैभन्दा धेरै वस्तु आयात तथा निर्यात हुनेमा वीरगञ्ज नाका पहिलो नम्बरमा रहेको छ । यो नाकाबाट कुल आयातको ३५ दशमलव ८० प्रतिशत आयत तथा कुल निर्यातको ४२ दशमलव १७ प्रतिशत निर्यात भएको छ ।

भन्सार विभागका अनुसार सबैभन्दा धेरै सामानहरु आयात निर्यात भएको भन्सार नाका वीरगञ्ज रहेको छ । यस नाकाबाट गएको १० महिनाको अवधिमा ५ खर्ब ६७ अर्ब ६० करोड १९ लाख ८१ हजार रुपैयाँ बराबरको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ३५ दशमलव ९३ प्रतिशत हो । यस नाकाबाट सो अवधिमा कुल ७३ अर्ब ०९ करोड ८७ लाख ४० हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको ४२ दशमलव १७ प्रतिशत हो ।

त्यसैगरी सबैभन्दा धेरै बस्तु तथा सामान आयात निर्यात हुने वीरगञ्ज नाका पछि भैरहवा भान्सार नाका रहेको छ । यस नाकाबाट गएको १० महिनाको अवधिमा २ खर्ब ५० अर्ब ४४ करोड २९ लाख २९ हजार रुपैयाँ बराबरको बस्तस तथा सामानहरु आयात भएको छ । यो कुल आयातको १५ दशमलव ६१ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ६ अर्ब ५२ करोड ४० लाख ३२ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको ३ दशमलब ७६ प्रतिशत हो ।

भन्सार विभागको अनुसार बस्तु तथा सामान आयात निर्यात हुने नाकामा भैरहवा पनि ड्राईपोट रहेको छ । यस नाकाबाट गएको १० महिनाको अवधिमा १ खर्ब ८४ अर्ब ०५ करोड ५६ लाख १२ हजार रुपैयाँ बराबरको बस्तु तथा सामानहरु आयात भएको छ । यो कुल आयातको ११ दशमलव ४७ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट ३ अर्ब ४१ करोड ४७ लाख ७९ हजार रुपैयाँ रकम बराबर सामान निर्यात भएको छ । यो कुल निर्यातको १ दशमलब ९७ प्रतिशत हो ।

विभागको अनुसार बस्तु तथा सामान आयात निर्यातमा त्रिभुवन अन्तराष्ट्रिय बिमानस्थाल चौँथो स्थानमा रहेको छ । यस नाकाबाट गएको १० महिनाको अवधिमा १ खर्ब ८१ अर्ब ७७ करोड ४९ लाख ९७ हजार रुपैया बराबर रकमको बस्तु तथा सामान आयात भएको छ । यो कुल आयातको ११ दशमलब ३३ प्रतिशत हो । यसै अवधिमा सो नाकाबाट भने २६ अर्ब ४४ करोड ८३ लाख ३७ हजार रुपैयाँ बराब रकमको सामान निर्यात भएको छ । यो कुल निर्यातको १५ दशमलव २६ प्रतिशत हो ।

यसैगरी सामान आयात निर्यात हुने अर्काे नाका विराटनगर रहेको छ । यस नाकाबाट गएको १० महिनामा १ खर्ब ८० अर्ब ४७ करोड १२ लाख ४८ हजार रुपैयाँ बराबरको सामानहरु आयात भएको छ । यो कुल आयातको ११ दशमलव २५ प्रतिशत हो । सो अवधिमा यस भन्सार नाकाबाट ४९ अर्ब २८ करोड ८३ लाख ७७ हजार रुपैयाँ बराबर रकमको बस्तु तथा सामानहरु निर्यात भएको छ । यो कुल निर्यातको २८ दशमलव ४३ प्रतिशत रहेको छ ।

भन्सार विभागको अनुसार गएको १० महिना समयअवधिमा ५ भन्सार नाकाबाट उच्च आयात भएको छ भने ११ भन्सार नाकाबाट भने शुन्य निर्यात भएको जनाएको छ । भद्रपुर, चोभार १, चोभार, जनकपुर, महेशपुर, राजबिराज, रसुवा, सार्लाही, सुन्सरी, तातोपानी र थाडी भन्सार नाकाहरुबाट भने शुन्य निर्यात भएको भन्सार विभागले जनाएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusDeathdigital khabarhealthnepalNews
Comments (0)
Add Comment