अमेरिकाको एक विद्यालयमा गोली चल्दा १५ जनाको मृत्यु

११ जेठ, एजेन्सी । अमेरिकाको टेक्सास राज्यको एउटा आधारभूत विद्यालयमा अन्धाधुन्द गोली चलाउँदा १५ जनाको मृत्यु भएको छ । मर्नेमा एक शिक्षक र ७ देखि १० बर्षका बालबालिका रहेका छन् । गोली चलाउने १८ बर्षिय युवकलाई प्रहरीले गोली हानेर मारेको समाचारमा जनाइएको छ । एक जना १० बर्षिय बालिका र ६६ बर्षिय वृद्ध महिला र दुई जना प्रहरी समेत सो घटनामा घाइते भएका छन् ।

शनिवारसम्म अेमरिकी सरकारी कार्यालयहरू तथा सार्वजनिक स्थानका झण्डाहरू आधा झुकाउने निर्णय अमेरिकी राष्ट्रपतिको कार्यालय ह्वाइट हाउसले गरेको छ ।

अमेरिकामा साना हतियार निकै ठूलो चुनौतिका रूपमा देखिंदै आएको छ । सन् २०२० मा मात्र यस्ता हतियारको प्रयोगबाट ४३०० जनाको मृत्यु भएको तथ्याङ्क छ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment