पुटिन हत्या प्रयासबाट बच्न सफल !

१० जेठ, लन्डन । युक्रेनको रक्षा मन्त्रालयको गुप्तचर विभागका प्रमुखले दुई महिनाअघि रुसी राष्ट्रपति भ्लादिमिर पुटिन हत्या प्रयासबाट बचेको दाबी गरेका छन् ।

युक्रेनसँग कुराकानी गर्ने क्रममा मेजर जनरल किरिलो वुदानोभले भनेका छन्, “रुसले आफ्नो छिमेकीमाथि निर्मम आक्रमण गरेको केही दिनपछि नै क्रेमलिनका नेताको ज्यान लिने असफल प्रयास भएको थियो । यो कुरा बाहिर आएको थिएन । त्यो पूर्ण असफल प्रयास थियो, तर घटना साँच्चै घटेको थियो । करिब दुई महिना अघिको कुरो हो ।”

युक्रेनियन न्युज आउटलेट प्राभ्दाले गुप्तचर प्रमुख वुदानोभको पूर्ण अन्तर्वार्ता मंगलबार प्रसारण हुने जनाएको छ । सन् २०१७ को वृत्तचित्र श्रृङ्खला ‘दि पुटिन इन्टरभ्युज’ निर्देशक ओलिभर स्टोनसँगको अन्तर्वार्ता क्रेमलिनका नेता पुटिन कम्तीमा पाँचपटक हत्या प्रयासबाट बचेको बताइएको छ ।

यसै महिनाको सुरुमा वुदानोभले स्काई न्युजलाई बताएका थिए, “रुसले युक्रेन युद्ध हार्ने कुरामा म आशावादी छु । सोही पराजयका कारण यसैवर्षको अन्त्य सम्ममा पुटिनलाई सत्ताबाट हटाइने छ । यस युद्धले अन्नत रुसको नेतृत्व नै परिवर्तन गर्नेछ । यसका लागि प्रक्रिया सुरु भइसकेको छ । रुसमा हुने पुटिन विरुद्धको विद्रोह रोकिनु असम्भव छ ।”



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment