७०९ पालिकाको नतिजा आउँदा २२ स्थानीय तहमा महिला प्रमुख

०८ जेठ, काठमाडाैँ । निर्वाचन आयोगले अहिलेसम्म ७०९ पालिका प्रमुखको नतिजा सार्वजनिक गरेको छ । तीन निर्विरोध सहित ७०९ पालिका प्रमुखको नतिजा सार्वजनिक हुँदा २२ वटा स्थानीय तहमा महिला उम्मेदवारहरू प्रमुख पदमा निर्वाचित भएका छन् ।

अघिल्लो स्थानीय तहको निर्वाचनमा १८ पालिकामा महिलाहरूले नेतृत्व गरेकोमा अहिले सो सङ्ख्या बढेर २२ पुगेको हो । अझै केही पालिकाहरूको नतिजा आउनै बाँकी रहेकाले यो सङ्ख्या बढ्ने देखिन्छ ।

निर्वाचन आयोगले राखेको तथ्यांकलाई थप विश्लेषण गर्दा प्रत्येक प्रदेशमा महिलाहरू पालिकाको नेतृत्वदायी भूमिकामा पुगेका छन् । प्रदेश १ र बागमती प्रदेशमा पाँच/पाँच, मधेश प्रदेश र गण्डकी प्रदेशमा तीन/तीन , लुम्बिनी, कर्णाली र सुदूरपश्चिम प्रदेशमा दुई/दुई गरी जम्मा २२ स्थानीय तहमा महिलाहरूले प्रमुख पदमा निर्वाचित भएका हुन्।

राजनैतिक दल अनुसार हेर्नेहो भने नेपाल कम्युनिष्ट पार्टी (एमाले) बाट सर्वाधिक सङ्ख्यामा महिलाहरू प्रमुख पदमा निर्वाचित भएका छन् । एमालेबाट ९ जना निर्वाचित हुँदा, नेपाली कांग्रेसबाट ८ जना, माओवादी केन्द्रबाट तीन जना, लोकतान्त्रिक समाजवादी पार्टी, नेपाल (लोसपा) र नेपाल कम्युनिष्ट पार्टी (एकिकृत समाजबादी) बाट एक/एक जना निर्वाचित भएका हुन् ।

२२ स्थानीय तहमध्ये ११ वटा नगरपालिका प्रमुख र ११ वटा गाउँपालिका प्रमुखमा महिला उम्मेदवार विजयी भएका हुन् ।

अहिले प्रमुख पदमा निर्वाचित भएकामध्ये केही महिलाहरू अघिल्लो स्थानीय तहमा सोही पालिकाको उपप्रमुख पदमा थिए । झापाको विर्तामोडमा नगरपालिकाको प्रमुख पदमा निर्वाचित भएकी पवित्रा देवी महतारा यसअगाडि सोही पालिकाको उपप्रमुख थिइन् ।

यी हुन् पालिका प्रमुखमा निर्वाचित हुने महिलाहरू

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment