हेटौँडा अपडेट : एकीकृत समाजवादीकी लामा १८५३ मतले अगाडि

०६ जेठ, हेटौडा । हेटौडा उपमहानगरपालिकाको मेयर पदमा नेकपा एकीकृत समाजवादी पार्टीकी उम्मेदवार मीना कुमारी लामाले अग्रतालाई जारी राखेकी छन् । उनले १८५३ मतले अग्रता कायम गर्दा राप्रपाका दीपक बहादुर सिंह तेस्रो स्थानमा रहेका छन् ।

यस्तै एमालेका मेयर उम्मेदवार अनन्त पौडेल दोस्रो स्थानमा रहेका छन् । अनन्त पौडेलले १८५३५ पाएका छन् । यस्तै मीनाले २०३८८ मत पाएर पहिलो स्थानमा हुँदा तेस्रोमा रहेका दीपक सिंहले १७८८३ मत पाएका छन्। हेटौंडामा ६४ हजार ४६९ मत गणना सकिएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment