हुन्डाई मोटर ग्रुपले विद्युतीय सवारीमा साढे १६ बिलियन डलर लगानी गर्दै

०४ जेठ, काठमाडाैँ । दक्षिण कोरियाली कार निर्माता कम्पनी हुन्डाई मोटर ग्रुपले २१ ट्रिलियन वन अर्थात् १६.५० बिलियन डलर लगानी गर्ने भएको छ ।

हुण्डाइको वार्षिक १४ लाख ४० हजार विद्युतीय कार निर्माण गर्ने उद्देश्य रहेको छ । यसै उद्देश्यका साथ सन् २०३० सम्ममा पूर्ण रुपमा फ्याक्ट्री निर्माण गर्न हुण्डाइले उक्त रकम लगानी गरेको हो ।

हुन्डाइले अघि सारेको विद्युतीय सवारीको उत्पादन सङ्ख्या विश्वव्यापी रुपमा उत्पादन हुने विद्युतीय सवारी साधनको ४५ प्रतिशत रहेको छ ।

यसैगरी गत वर्ष विद्युतीय सवारी साधन उत्पादन र प्रर्वद्धनका लागि अमेरिकामा रहेको फ्याक्ट्रीमा ७.४ बिलियन लगानी गरेको थियो ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNews
Comments (0)
Add Comment