एक अर्बको ‘एनआईसी एसिया फलेक्सी क्याप फण्ड’ बिक्री गर्न बोर्डको अनुमति

०४ जेठ, काठमाडाैँ । सर्वसाधारणमा एक अर्ब रुपैयाँ बराबरको ‘एनआईसी एसिया फलेक्सी क्याप फण्ड’ को इकाई बिक्रीमा आउने भएको छ ।

पूँजी बजारको नियामक निकाय नेपाल धितोपत्र बोर्डले बैशाख २९ गते बिहीबार ‘एनआईसी एसिया फ्लेक्सी क्याप फण्ड’ नामक सामुहिक लगानी कोषको इकाई बिक्री अनुमति दिएको हो ।

बोर्डको अनुमतिसँगै अब यो योजनाको १ अर्ब रुपैयाँ बराबरका इकाइहरुको सार्वजनिक निष्कासन हुनेछ । यस योजनाका १० रुपैयाँ अंकित दरका कुल १० करोड इकाइ निष्कासनमा आउनेछ ।

एनआईसी एशिया क्यापिटल योजना व्यवस्थापकमा सञ्चालित हुने उक्त बन्दमुखी योजना एनआईसी एशिया म्युचुअल फण्ड अन्तर्गत सञ्चालित हुनेछ । एनआईसी एशिया फ्लेक्सी क्याप फण्डको कोष प्रवर्द्धकमा एनआईसी एशिया बैंक रहेको छ ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessdigital khabarhealthNewsPolitic
Comments (0)
Add Comment