कार्यव्यवस्था परामर्श समितिको बैठकमा एमाले अनुपस्थित

०३ जेठ, काठमाडाैँ । संघीय संसद्‌ (प्रतिनिधि सभा)को आज (मंगलबार) बस्ने बैठकका अजेण्डा तय गर्न कार्यव्यवस्था परामर्श समितिको बैठक सुरु भएको छ। संघीय संसद् भवन बानेश्वरमा जारी बैठकमा प्रमुख प्रतिपक्षी दल नेकपा एमाले भने उपस्थित छैन।

संघीय संसद्‌को बजेट अधिवेशन मंगलबारदेखि सुरु हुँदैछ। मंगलबार सुरुको बैठकमा शोक प्रस्ताव गर्ने सम्भावित कार्यसूची रहेको संघीय संसद् सचिवालयले जानकारी दिएको छ।

यस्तै, दोस्रो बैठकमा आगामी आर्थिक वर्ष २०७९/०८० को बजेटका प्राथमिकता तथा सिद्धान्त पेस गर्ने सम्भावित कार्यसूची छ।

यसअघि संघीय संसद्‌का दुईवटा अधिवेशनका बैठकमा प्रतिपक्षी नेकपा एमालेले नियमितजसो अवरोध गर्दै आएको थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment