यस्तो छ स्पोर्टी लुक र अपडेट फिचरसहितको स्कोडा कुशाक मोन्टे कार्लो

०२ जेठ, काठमाडाैं । स्कोडा अटो इन्डियाले कुशाकको मोन्टे कार्लो भर्सन थप स्पोर्टी लुक र अपडेट फिचरसहित भारतमा लन्च गरेको छ । सो नयाँ एसयूभीको एक्सटेरियरमा धेरै कस्मेटिक परिवर्तनका साथै फिचर पनि अपडेट गरिएको छ ।

स्कोडा कुशाक मोन्टे कार्लो १५ लाख ९९ हजार भारु मूल्यमा लन्च गरिएको हो । यसको टप मोडल १.५ टीएसआई डीसीटीको मूल्य १९ लाख ४९ हजार, बेस मोडेल १.० टीएसआई एमटीको मूल्य १५ लाख ९९ हजार, १.० टीएसआई एटी मोडलको मूल्य १७ लाख ६९ हजार र १.५ टीएसआई एमटीको मूल्य १७ लाख ८९ हजार भारु तोकिएको छ ।

नयाँ मोन्टे कार्लोको इन्टेरियर निकै स्टाइलिस बनाइएको छ । कुशाक मोन्टे कार्लोको इन्टेरियरमा स्ट्यान्डर्ड कारको ग्रे–ब्ल्याक इन्टेरियरको सट्टामा नयाँ ड्युअल टोन रेड ब्ल्याक थिम दिइएको छ । ड्यासबोर्ड, सेन्टर कन्सोल र चारै ढोकामा नयाँ रातो रङको इन्सर्ट छ । सिटमा कन्ट्रास्ट रेड स्टिचिङको साथ नयाँ रेड–ब्ल्याक अपहोल्स्ट्री र हेडरेस्टहरूमा मोन्टे कार्लो लेखिएको छ ।

कुशाक मोन्टे कार्लोको एक्सटेरियरमा ग्रिल, विंग मिरर, रूफ रेल, ढोकाको ह्यान्डल र बम्पर इन्सर्ट कालो रङ समावेश गरिएको छ र फ्रन्ट र रियरमा स्किड प्लेट छ । यसको फ्रन्टको फन्डरमा मोन्टे कार्लो ब्याजिङ छ जबकि टेलगेटमा स्कोडा र कुशाक मोन्टा कालो समावेश छ ।

कुशाक मोन्टे कार्लो ४ पावरट्रेनको साथमा उपलब्ध छ । नयाँ एसयूभीमा २ वटा पेट्रोल इन्जिन रहेको छ । यसमा पहिलो १.० लिटर ३ सिलिन्डर टीएसआई इन्जिन, जसले ११३ बीएचपी र १७५ एनएम टर्क जेनेरेट गर्छ । दोस्रो १.५ लिटर ४ सिलिन्डर टीएसआई इन्जिनद्वारा संचालित छ, जसले १४८ बीएचपी र २५० एनएम टर्क जेनेरेट गर्छ ।

ट्रान्समिसन विकल्पमा १.० लिटर टीएसआईमा वैकल्पिक ६ स्पिड अटोमेटिक ट्रान्समिशनको साथमा ६ स्पिड म्यानुअल गियरबक्स समावेश छ । जबकि १.५ लिटर टीएसआईमा ७ स्पिड डीएसजी गियरबक्समा जडान गरिएको छ । यसमा १७ इन्च अलोय ह्विल दिइएको छ ।

नयाँ मोन्टो कार्लोमा एलईडी हेडल्याम्प, अटोमेटिक वाइपर र हेडल्याम्प, वायरलेस कनेक्टिभिटीसहितको १० इन्चको टचस्क्रिन, भेन्टिलेटेड फ्रन्ट सिट, सबवुफरसहित ६ स्पिकर साउन्ड सिस्टम, ६ वटा एयरब्याग र टायर प्रेसर मोनिटरिङ सिस्टम जस्ता फिचर रहेको छ ।

सो एसयूभीले हुन्डाई क्रेटा, किया सेल्टोस, फक्सवागन ताइगुन, एमजी एस्टर र निसान किक्ससँग प्रतिस्पर्धा गर्नेछ ।



मल्टिमिडिया ग्यालरी

Comments (0)
Add Comment