२ हजार ६२५ वडाको अन्तिम मतपरिणाम सार्वजनिक: १ हजार ८५ वडाध्यक्ष जित्दै कांग्रेसको अग्रता

०२ जेठ, काठमाडौं । वैशाख ३० गते सम्पन्न स्थानीय तह निर्वाचनको मतगणना जारी छ। कुल ६ हजार ७४३ वडाहरूको वडाध्यक्ष पदमा मुख्य राजनीतिक दलबीच कडा प्रतिस्पर्धा देखिन्छ।

निर्वाचन आयोगका अनुसार सोमबार दिउँसो २ बजेसम्म २ हजार ६२५ वडाको अन्तिम नतिजा सार्वजनिक भएको छ। २८२ वडामा मतगणना जारी छ। हालसम्म अन्तिम मतपरिणाम सार्वजनिक भएकामध्ये नेपाली कांग्रेसले १ हजार ८५ स्थानमा वडामा वडाध्यक्ष जितेको छ। कांग्रेसले ८९ वडामा अग्रता लिएको छ।

नेकपा एमालेले ८३१ वडामा वडाध्यक्ष जितेको छ। एमालेले ९९ वडामा अग्रता लिइरहेको छ।

नेकपा माओवादी केन्द्रले ४६० वडामा वडाध्यक्ष जितेको छ। ४४ वडामा माओवादी केन्द्रले अग्रता लिइरहेको निर्वाचन आयोगले जनाएको छ।

त्यस्तै, नेकपा एकीकृत समाजवादीले ६८ वडामा वडाध्यक्ष जितेको छ। एकीकृत समाजवादीले ५ वडामा अग्रता लिइरहेको छ।

१८१ वडाको वडाध्यक्षमा भने स्वतन्त्र र अन्य दलका उम्मेदवारहरु वडाध्यक्षमा निर्वाचित भएका छन्। स्वतन्त्र तथा अन्य पार्टीका उम्मेदवारहरुले ४५ वडामा अग्रता लिइरहेका निर्वाचन आयोगले जानकारी दिएको छ।

Adding an RSS feed to this site’s homepage is not supported, as it could lead to a loop that slows down your site. Try using another block, like the Latest Posts block, to list posts from the site.



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarhealthnepalNewsPolitic
Comments (0)
Add Comment