एचएसबीसी बैंकले महिला उद्यमीको लागि १ अर्ब डलर ऋणकोष लन्च गर्दै

०१ जेठ, काठमाडाैँ । युरोपको दोस्रो ठूलो बैंक रहेको एचएसबीसी बैंकले महिला उद्यमीलाई लक्षित गर्दै एक वर्षको समयावधिमा १ अर्ब डलर बराबरको ऋण कोष लन्च गर्ने भएको छ ।

महिलाको नेतृत्वमा रहेका व्यवसायहरूले प्राप्त गरेको सहयोग रकम पुरुष समकक्षहरूको तुलनामा उल्लेखनीय रूपमा रहेको छ । तथापि कोभिड–१९ महामारीको प्रभाव महिला उद्यमीद्धारा सञ्चालित व्यवसायमा धेरै हुन पुगेको एचएसबीसी बिजनेस बैंकिङकी बजार रणनीतिज्ञ साम कूपर–ग्रेले बताएकी छिन् ।

यसैगरी महिलाको स्वामित्वमा रहेका व्यवसायहरू अन्तर्राष्ट्रिय स्तरमा कमै मात्रामा विस्तार भएका छन् । यस्तो अवस्थामा एचएसबीसी बैंकले अगाडि सारेको ऋण कोषले महिला उद्यमीहरुलाई बजार व्यवस्थापन गर्न सघाउने उनले बताइन् ।

यसैगरी बेलायतका महिला उद्यमीहरुको व्यवसायमा कोभिड–१९ले पुराएको अस न्युनिकरण गर्नको लागि नाटवेस्ट बैंकले सन् २०२१ मा १ अर्ब पाउन्डको ऋण कोष लन्च गरेको थियो ।

एचएसबीसीले अघि सारेको यो कोष नव उद्यमी तथा उद्यममा संलग्न हुँदै आएका सबै महिला उद्यमीको लागि लागु गरिने छ । यो कोष हङकङ, सिङ्गापुर र इन्डोनेसिया लगायत एशियाका अन्य ११ देश र अमेरिका, बेलायत, उरुग्वेमा खुल्ला गरिएको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment