एकैचरणमा मतदान गर्दा सुरक्षा चुनौती- निर्वाचन आयोग

दलहरुको पनि सहयोग नभएको गुनासो

३० बैशाख, काठमाडौं । निर्वाचन आयोगले देशैभर एकैचरणमा चुनाव गर्दा चुनौती देखिएको जनाएको छ ।

देशभर एकैचरणमा चुनाव गर्दा यस्तो समस्या देखिएको प्रमुख निर्वाचन आयुक्त दिनेश थपलियाले जानकारी दिए ।

“एकैचरणमा गर्दा सुरक्षामा चुनौती भयो । दलहरुको सहयोग हुनुपर्ने हो त्यो हुन सकेन,” उनले भने, “साना विषयमा अनावश्यक विवादले उग्ररुप लिएको छ ।”

स्थानीय तह निर्वाचनअन्तर्गत् काठमाडौँ महानगरपालिकाको मतदान कार्य सम्पन्न भएको छ । मतदान कार्य सम्पन्न भएसँगै काठमाडौँ महानगरपालिकाका मतपेटिकाहरू राष्ट्रिय सभागृहमा जम्मा गरिँदैछ। चौरदेखि पेटी र भर्याङभरि मतपेटिकाको लस्कर लाग्दा सभागृहमा मतपेटिका तह लगाउन धौ-धौ परेको देख्न सकिन्छ।

‍महानगरभरिका मतपेटिकाहरू सभागृह लैजाने क्रममा सभागृह परिसरमा मतपेटिकाको जाम देखिएको छ । मतपेटिका तह लगाइसकेपछि काठमाडौँ महानगरमा खसेका मतको गणना शुरू हुने बताइएको छ।



मल्टिमिडिया ग्यालरी

bankbusinessCoronavirusCovid-19Deubadigital khabarelectionInternationalipoLocal ElectionLockdownnepalNewsPMPoliticsRastriya Sava GrihaSamsodanshare marketSher Bahadur DaubaStock ExchangeTodfodVotevote count
Comments (0)
Add Comment