उत्तर कोरियामा कोरोना सङ्क्रमित भेटिएपछि देशभर लकडाउन घोषणा

२९ बैशाख, काठमाडौँ । उत्तर कोरियामा कोरोनाभाइरसका सङ्क्रमित भेटिएपछि देशभरि लकडाउन घोषणा गरिएको छ।

उत्तर कोरियाका सरकारी सञ्चारमाध्यमलाई उद्धृत गर्दै समाचार संस्था रोयटर्सले जनाएअनुसार बिहीबार राजधानी प्योङयाङमा कोरोनाभाइरसको ओमिक्रोन भेरियन्टको सङ्क्रमण पुष्टि भएको हो।

कति जनालाई कोरोना सङ्क्रमण भएको छ भन्ने खुलाइएको छैन।

उत्तर कोरियाली अधिकारीहरूले पहिलो पटक आफ्नो देशमा कोरोनाको सङ्क्रमण पुष्टि भएको स्वीकारेका हुन्।

सन् २०१९ को अन्त्यतिर चीनको वुहान सहरबाट कोरोनाभाइरस फैलिन सुरु गरेको थियो। यो बिचमा कोरोना संसारभरि फैलिए पनि चीनको छिमेकी उत्तर कोरियाले आफ्नो देशमा कोरोना आई नपुगेको दाबी गर्दै आएको थियो।

पहिलो पटक कोरोना सङ्क्रमित भेटिएपछि अहिले उत्तर कोरियामा देशभरि लकडाउन घोषणा गरिएको छ।

उत्तर कोरियाली शासक किम जोङ उनले वर्कर्स पार्टीको बैठकमा देशभरि लकडाउन गर्न निर्देशन दिएका हुन्।

कोरोनाका एक जना पनि सङ्क्रमित नभएको दाबी गर्दै आएको उत्तर कोरियाले नागरिकलाई कोरोनाविरूद्धको भ्याक्सिन पनि लगाएको छैन। कोभ्याक्स र चीनले भ्याक्सिन दिन खोज्दा उसले अस्वीकार गरेको थियो।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment