उपल्लो डोल्पामा लेक लागेर म्यादी प्रहरीको मृत्यु

२८ वैशाख, सुर्खेत । उपल्लो डाेल्पामा एक जना म्यादी प्रहरीको मृत्यु भएको छ । उपल्लो डाेल्पाकाे शे फोक्सुण्डो गाउँपालिकाकाे शे गाउँमा लेक लागेर म्यादी प्रहरीको मृत्यु भएको हाे ।

मृत्यु हुनेमा ठूलीभेरी नगरपालिका –७ का २४ वर्षीय सुनिल विक रहेको डाेल्पाका प्रमुख जिल्ला अधिकारी वेदनिधि अधिकारीले जानकारी दिए ।

उनका अनुसार विककाे लेक लागेर मृत्यु भएको हाे । मृतकको शव हेलिकप्टरबाट सदरमुकाम दुनै ल्याउने तयारी भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment