होटल विस्फोट स्थलमा उद्धारकार्य जारी, मृत्यु हुनेको संख्या २७ पुग्यो

२५ बैशाख, एजेन्सी । हवाना होटल विस्फोटको भग्नावशेषमा उद्धारकर्ताहरुले आफ्नु कार्य जारी राखेका छन् । हवाना होटलमा गत शनिबार भएको विस्फोटमा परी ज्यान गुमाउनेको संख्या २७ पुगेको अधिकारीहरुले बताएका छन् ।
हवानाप्रतिष्ठित साराटोगा होटलको माथिल्लो तल्लामा कोही पनि जीवित नभेटिका जनाइएको छ । उद्धारकर्ताहरूले भने कि भग्नावशेषमा आफ्नो प्रयास केन्द्रित गरेका जनाइएको छ ।

शनिबार अधिकारीहरुले यस विस्फोटमा परी घाइते भएका ३७ जनालाई अस्पतालमा भर्ना गरिएको जनाइएको थियो । यद्यपी यसअघि ४६ जनालाई अस्पताल भर्ना गरिएको समाचार दिइएको थियो । रेडक्रसका एक अधिकारीले यस विस्फोटमा ३२ जनाको मृत्यु भएको जानकारी दिएपछि अन्योल भएको थियो । यस विस्फोटबाट ज्यान गुमाउनेको यो संख्यालाई पछि ‘त्रुटि’ भनिएको थियो ।

“क्युबाका राष्ट्रपति मिगुएल डियाज–क्यानेलले साराटोगा होटल दुर्घटनाको सामनामा देखाइएको ऐक्यवद्धताका लागि मित्र राष्ट्रलाई धन्यवाद दिनुभएको छ ।



मल्टिमिडिया ग्यालरी

BlastbusinessCoronavirusCovid19digital khabardigitalkhabareducationelectionElection CommissionHawanahealthInternationalnepalNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineVoteWeatherWorld Economics
Comments (0)
Add Comment