काठमाडौं आइपुगे साझाका विद्युतीय बस, परीक्षणपछि सञ्चालन गर्ने तयारी

२४ बैशाख, काठमाडाैँ । साझा यातायातका तीन वटा बिजुली बस काठमाडौंंमा आइपुगेका छन्।

पहिलो चरणमा ल्याइएका ती बिजुली बस साझाले ललितपुरको पुल्चोकस्थित पार्किङमा राखेको छ। चीनको नानजिंगस्थित सीएचटीसीएचओ कम्पनीले ती बस तयार पारेको हो। साझा यातायातले पहिलो चरणमा परीक्षणका लागि ती तीन बस नेपाल ल्याएको हो।

साझा यातायात सहकारी संस्थाका अध्यक्ष कनकमणि दीक्षितले ती बसको परीक्षण सफल हुनासाथ सरकारी विशेषज्ञको परीक्षणपछि काठमाडौं उपत्यकाका विभिन्न रुटमा सेवा दिन थाल्ने बताए। उनका अनुसार बाँकी ३७ वटा विद्युतीय बस पनि आउने क्रममा रहेको छ।

साझाले ४० वटा विद्युतीय बसका लागि करीब ६१ करोड रुपैयाँ खर्चिंदै छ। साझा यातायात सहकारीसँग अहिले ७१ वटा ठूला बस रहेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNews
Comments (0)
Add Comment