ओखलढुङ्गामा चट्याङ लागेर एक जनाको मृत्यु, एक जना घाइते

२२ बैशाख, काठमाडौँ । ओखलढुङ्गाको लिखु गाउँपालिका-८ टारकेराबारी बस्ने ४४ वर्षीय देवबहादुर दर्जीको चट्याङ लागेर बुधबार राति मृत्यु भएको छ ।

देवबहादुर र सोही ठाउँ बस्ने ४० वर्षीय मेघबहादुर दर्जी घर नजिकै रहेको चौतारामा बसिरहेको बेला चट्याङ लागेको थियो ।

चट्याङ लागेर घाइते भएका उनीहरूलाई उपचारको लागि तामाकोसी अस्पताल रामेछाप पठाइएकोमा उपचारको देवबहादुरको मृत्यु भएको प्रहरीले जनाएको छ ।

घाइते भएका मेघबहादुरलाई भने थप उपचारको लागि ललितपुरस्थित पाटन अस्पताल रिफर गरिएको छ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment