नेपालमा थप १९ जनामा कोरोना पुष्टि, १८ जना निको भए

२१ बैशाख, काठमाडौं । नेपालमा थप १९ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । मुलुकभर पछिल्लो २४ घण्टामा ३ हजार ८२१ जनाको आरटी पीसीआर र एन्टिजेन विधिबाट परीक्षण गर्दा थप १९ जनामा कोरोना पुष्टि भएको हो ।

स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका अनुसार २ हजार ३७३ जनाको आरटी पीसीआर विधिबाट परीक्षण गर्दा १९ जना र १ हजार ४४८ जनाको एन्टिजेन विधिबाट परीक्षण गर्दा कुनैमा पनि कोरोना संक्रमण देखिएको छैन । योसँगै नेपालमा कोरोना संक्रमितको कुल संख्या ११ लाख १९ हजार ८० पुगेको छ ।

त्यस्तै पछिल्लो २४ घण्टामा मुलुकभर १८ संक्रमित निको भएका छन् । योसँगै नेपालमा कोरोना संक्रमण मुक्त हुनेहरुको संख्या ९ लाख ६६ हजार ७१५ पुगेको छ । पछिल्लो २४ घण्टामा पनि कसैको मृत्यु नभएको मन्त्रालयले जनाएको छ ।

हालसम्म नेपालमा कोरोनाका कारण ११ हजार ९५१ ले ज्यान गुमाइसकेका छन् । हाल नेपालमा २ सय १७ जना सक्रिय संक्रमितहरु आइसोलेशनमा रहेका छन् ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment