प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ हो : सभामुख सापकोटा

२० बैशाख, काठमाडौं । सभामुख अग्निप्रसाद सापकोटाले प्रेस तथा अभिव्यक्ति स्वतन्त्रता लोकतन्त्रको आधारस्तम्भ भएको बताएका छन्।विश्व प्रेस स्वतन्त्रता दिवसको अवसरमा शुभकामना व्यक्त गर्दै उनले यस्तो बताएका हुन्।

विश्व प्रेस स्वतन्त्रता दिवसका अवसरमा सञ्चारजगत् सम्बद्ध सबैमा उनले बधाई एवं शुभकामनासमेत व्यक्त गरेका छन्। ‘हाम्रो संविधानले पूर्ण प्रेस स्वतन्त्रता सुनिश्चित गरेको छ ।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताको उपभोग गर्दै समग्र प्रेस जगतले राज्यका तीनवटै अंग कार्यपालिका, व्यवस्थापिका र न्यायपालिकाले निर्वाह गरिरहेको भूमिकाको सुक्ष्म निगरानी र खबरदारी गर्दै आएका छन् । जसका कारण राज्यका तीनवटै अंगलाई सजग र सतर्कतापूर्वक कार्य सम्पादन गर्न र आम नागरिकलाई सत्य अन्वेषण गर्न मद्दत पुगिरहेको छ,’ उनले भनेका छन्।

प्रेस तथा अभिव्यक्ति स्वतन्त्रताले लोकतन्त्रलाई उन्नत बनाउन विशेष भूमिका खेलेको सभामुखको भनाइ छ। ‘नेपाली सञ्चार जगत संविधान प्रदत्त अधिकारको पूर्ण प्रयोग र रक्षार्थ मजबुत एकताका साथ निर्भयपूर्वक लागिरहने छ भन्ने अपेक्षा गरेको छु,’उनले भनेका छन्।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCovid-19digital khabarnepalNewsPolitic
Comments (0)
Add Comment