प्रभु बैंकका ग्राहकलाई कुमारीपाटीको अइला लाउन्जमा १५ प्रतिशत छुट

२० बैशाख, काठमाडौं । प्रभु बैंकका ग्राहकले ललितपुरको कुमारीपाटीमा रहेको अइला लाउन्ज एण्ड रेष्टुरेन्टमा १५ प्रतिशत छुट पाउने भएका छन्।

उक्त रेष्टुरेन्टका खानेकुरामा १५ प्रतिशत छुट पाउने सुविधा उपलब्ध गराइएको छ। प्रभु बैंक कुमारी पाटी र उक्त रेष्टुरेन्टबीच ग्राहकलाई छुट दिने सम्झौता भएको बैंकका कुमारीपाटीका शाखा प्रबन्धक उमेश पन्तले जानकारी दिए।

‘प्रभु बैंकको जुनसुकै शाखामा रहेका ग्राहकले पनि त्यहाँबाट सम्झौता अनुसारको छुट पाउने छन्,’ उनले भने।

सम्झौता पत्रमा शाखा प्रबन्धक पन्त र अइला लाउन्जका आशिष गुरुङले हस्ताक्षर गरेका हुन्। सम्झौता अनुसार उक्त लाउन्जले प्रभु बैंकका ग्राहकलाई सेवा छिटो छरितो दिने बताइएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalPoliticPrabbu Bank
Comments (0)
Add Comment