पार्टीको भन्दा स्वतन्त्रको उम्मेदवारी धेरै

१३ बैशाख, काठमाडौँ । यही वैशाख ३० गते हुने स्थानीय चुनावमा देशैभरिबाट स्वतन्त्र उम्मेदवार दिनेहरुको संख्या पार्टीहरुलाई पछि पार्दै पहिलो स्थानमा रहेको छ ।

कुल ७५३ पालिकामध्ये मेयरमा ८८५ ले स्वतन्त्ररुपमा उम्मेदवारी दिएका छन् ।

त्यस्तै उपमेयरमा २८२, गाउँपालिका अध्यक्षमा ७४२, गाउँपालिका उपाध्यक्षमा २६४ र वडाध्यक्षमा तीन हजार ८७४ ले स्वतन्त्ररुपले उम्मेदवारी दिएका छन् ।

स्वतन्त्रपछि दलगत आधारमा सबैभन्दा धेरै उम्मेदवारी नेकपा (एमाले) बाट भएको छ ।



मल्टिमिडिया ग्यालरी

businessdigital khabar
Comments (0)
Add Comment