काठमाडौं– नारिता सातामा तीन उडान गर्दै नेपाल एयरलाइन्स

१३ बैशाख, काठमाडौं । राष्ट्रिय ध्वजावाहक नेपाल वायुसेवा निगम (नेपाल एयरलाइन्स)ले जापानको नारिता गन्तव्यमा साताको तीन उडान सञ्चालन गर्ने भएको छ।

निगमले काठमाडौं–नारिता गन्तव्यमा यसअघि साताको दुई उडान गर्दै आएकोमा मे १ तारिख २०२२ देखि साताको तीन उडान गर्ने भएको हो।

उक्त गन्तव्यमा निगमले आइतबार, मंगलबार र शुक्रबार गरी साताको तीन दिन उडान सञ्चालन गर्ने योजना बनाएको निगमले विज्ञप्तिमार्फत जनाएको छ।

जापान सरकारको नियमानुसार आइतबार र म‌ंगलबारको उडानमा जम्मा १४० यात्रुहरु एवं शुक्रबारको उडानमा जम्मा १२० जना यात्रुमात्र बोक्न पाइने विज्ञप्तिमा जनाइएको छ।

विशेषगरी कोभिड महामारीपछि हवाई यात्रुको चाप बढेको एवं मागको तुलनामा सिट संख्याको उपलब्धता ज्यादै न्यून रहेकाले उडान संख्या थप्न लागिएको निगमले जनाएको छ।

जहाजको क्षमताभन्दा करिब आधा कम क्षमतामा काठमाडौं–नारिता यात्रु बोक्न परेकाले स्वाभाविकरूपमा हाल भाडादर केही महँगो हुन गएको छ। काठमाडौैं–नारिता रुटमा करसहित बिजनेश क्लासमा रु एक लाख ५२ हजार र इकोनोमी क्लासमा रु एक लाख १९ हजार भाडादर कायम गरिएको छ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarnepalNewsPolitic
Comments (0)
Add Comment