कांग्रेस केन्द्रीय कार्यसम्पादन समितिको बैठक शनिबार

०९ बैशाख, काठमाडाैं । सत्तारूढ दल नेपाली कांग्रेसको केन्द्रीय कार्यसम्पादन समितिको आज बस्ने भनिएको बैठक स्थगित भई भोलि शनिबार बस्ने भएको छ ।

नेताहरुको व्यस्थताका कारण आज बस्ने भनिएको बैठक भोलिसम्मका लागि स्थगित गरिएको हो । यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको उम्मेदवारीबारे छलफल गर्न बैठक शनिबार बिहान ११ बजेका लागि आह्वान गरिएको कांग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले जानकारी दिनुभयो ।

भोलिको बैठकमा उपस्थितिका लागि केन्द्रीय कार्यसम्पादन समितिका पदाधिकारी एवं सदस्यलाई निर्देशानुसार कांग्रेसले अनुरोध गरेको छ ।



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid19digital khabardigitalkhabareducationhealthInternationalMeetingnepali congressNewsPoliticPrime MinisterSher Bahadur DeubaVaccineWeatherWorld Economics
Comments (0)
Add Comment