‘आचारसंहिता दलहरुले आफ्नै लागि बनाएको हो’

०९ बैशाख, बलेवा । बागलुङका दशवटै स्थानीय तहमा निर्वाचन अधिकृतको कार्यालय स्थापना गरिएका छन् । सदरमुकाम बागलुङ बजारमा मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापना भएकै दिन सबै स्थानीय तहमा निर्वाचन अधिकृत पुगेका हुन् ।

मुख्य निर्वाचन अधिकृतको कार्यालय स्थापनासँगै यही वैशाख ३० गते हुने स्थानीय तह निर्वाचनको सरगर्मी बढेको छ । कार्यालय स्थापनासँगै मुख्य निर्वाचन अधिकृत वासुदेव न्यौपानले बुधबार नै सरोकारवाला पक्षसँग निर्वाचन आचारसंहिता र निर्वाचनका कार्यक्रमलगायतका विषयमा छलफल थाल्नुभएको छ ।

राजनीतिक दलका प्रमुखसँग छलफल गर्दै न्यौपानेले निर्वाचन शान्तिपूर्ण र भयरहित बनाउने जिम्मेवारी दलहरुकै भएको बताउनुभयो । आचारसंहिता कार्यान्वयनमा दलहरु जिम्मेवार नभए निर्वाचन शान्तिपूर्ण हुन नसक्ने उहाँको तर्क थियो । “निर्वाचन आचारसंहिता आफ्ना लागि दलहरु आफैँले बनाएको हो, दलहरु नै यसको कार्यान्वयनमा जिम्मेवार बन्नुपर्छ”, उहाँले भन्नुभयो, “हामी कर्मचारीले निगरानी गरेर मात्रै कार्यान्वयन हुने विषय होइन ।”

बुधबार नै पत्रकारसँग छलफल गर्दै न्यौपानेले सही सूचना सम्प्रेषणमा ध्यान दिन आग्रह गर्नुभयो । गलत सूचनाका कारण भय र द्वन्द्वको वातावरण सिर्जना हुनसक्ने भन्दै उहाँले निर्वाचनमा सफल बनाउने जिम्मेवारी सबैको भएको बताउनुभयो ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19Deathdigital khabarhealthLockdownnepalNewsPolitic
Comments (0)
Add Comment