बराह तालमा पूर्वाधार निर्माण

०८ बैशाख, म्याग्दी । म्याग्दीको मालिका गाउँपालिका–७ बिमवाङस्थित बराह ताल संरक्षणका लागि पूर्वाधार निर्माण गरिएको छ ।

बराह तालको संरक्षण गरी पर्यटन विकास गर्ने उद्देश्यले पूर्वाधार निर्माण गरिएको हो । मालिका गाउँपालिका–७ बिमका वडाध्यक्ष रेशम जुग्जालीले बराह तालमा घेराबार, पैदलमार्ग र सार्वजनिक शौचालय निर्माण गरिएको जानकारी दिनुभयो । “बराह ताललाई धार्मिक र पर्यटकीय गन्तब्य बनाउने अभियानमा जुटेका छौँ”, उहाँले भन्नुभयो, “पूवार्धार निर्माणसँगै धार्मिक महत्व र पर्यटकीय सम्भावनाको प्रचारप्रसारमा जोड दिएका छौँ ।”

मालिका गाउँपालिकाको रु १० लाख सहयोगमा ताल वरपर ढुङ्गा बिछ्याएर पदमार्ग र पर्खाल निर्माण गरिएको छ । चालु आर्थिक वर्षमा गाउँपालिकाले विनियोजन गरेको रु तीन लाख बजेटबाट ताल परिसरमा सार्वजनिक शौचालय निर्माण गरिएको हो । उपभोक्ता समितिका अध्यक्ष डेकप्रसाद फगामीले पदमार्ग र पर्खाल निर्माण भएपछि ताल आकर्षक बनेको बताउनुभयो । “प्रचारप्रसार नहुँदा बिम बराह ताल ओझेलमा परेको छ”, उहाँले भन्नुभयो, “पछिल्लो समय चहलपहल बढ्न थालेको छ ।”

करिब ४५÷४५ मिटर लम्बाइ चौडाइ र तीन मिटरभन्दा बढी गहिरो ताल समुद्री सतहदेखि दुई हजार २०० मिटरको उचाइमा अवस्थित छ । तालको पृष्ठभूमिमा धौलागिरि र गुर्जा हिमाल छन् । तालमा हिमालको छायाँ पर्दा मनमोहक दृष्य देखिन्छ । त्यहाँ रहेको जलबराहको थानमा पूजाआजा र भाकल गरेमा मनोकाङ्क्षा पूरा हुने धार्मिक विश्वास छ । ताल गोलो आकारको छ । पर्खालले पाखोबाट तालमा आउने बाढी र भल तर्काउन सघाएको छ । भलबाढीले तालको गहिराइ र क्षेत्रफल घट्दै गएको थियो ।

ताल परिसरमा बगैँचा निर्माणका लागि युवाले फूलका बिरुवा रोपेका छन् । मालिका गाउँपालिकाको केन्द्र दरवाङदेखि बिम, बिमवाङ हुँदै धार्मिक पर्यटकीयस्थल मालिका धुरी जोड्ने सडक सुगुरथलासम्म जोडिएको छ । यो सडकबाट एक मिनेट पैदलयात्रा गरेपछि तालमा पुग्न सकिन्छ । बेनी–टोड्के–मालिका–बराह ताल हुँदै धौलागिरि आधार शिविर जोड्ने पदमार्ग सञ्चालन, तालको संरक्षण, पर्यटकको सुविधाका लागि होमस्टे सञ्चालन र प्रचारप्रसारका लागि एकीकृत योजना बनाइएको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusCovid-19digital khabarhealthLockdownNewsPolitic
Comments (0)
Add Comment