ललितपुर विस्फोटमा ज्यान गुमाउनेमा भारतीय नागरिक, २ महिलासहित ६ जना घाइतेको उपचार जारी 

०८ बैशाख, काठमाडौं । ललितपुरको पाटन औद्योगिक क्षेत्रमा रहेको सगरमाथा अक्सिजन प्लान्टमा विस्फोट हुँदा ज्यान गुमाउने १ जनाको पहिचान खुलेको छ। विस्पोटमा परी ज्यान गुमाउनेमा भारत घर भएका ४५ वर्षीय बृजमोहन महतो रहेको ललितपुर प्रहरीले जानकारी दिएको छ। 

सिलिण्डरमा अक्सिजन ग्यास भर्ने क्रममा विस्फोट भएको थियो। महानगरीय प्रहरी परिसर ललितपुरका प्रमुख प्रहरी वरिष्ठ उपरीक्षक (एसएसपी) यज्ञ विनोद पोखरेलका अनुसार महतोको घटनास्थलमै मृत्यु भएको हो। 

विस्फोटमा परी अन्य ६ जना मजदुर घाइते भएका छन्। घाइतेमध्ये १ जना भारतीय मजदुरको अवस्था गम्भीर रहेको जनाइएको छ। विस्फोटमा परी २ महिलासमेत घाइते भएका छन्।  

गम्भीर घाइते भएका १ जनाको ग्वार्कोस्थित बिएन्डबी अस्पतालमा उपचार भइरहेको छ। अन्य घाइतेको पाटन अस्पतालमा उपचार भइरहेको प्रहरीले जानकारी दिएको छ। 

अक्सिजन प्लान्टमा विस्फोट भएको घटनाको निरीक्षणका लागि उद्योग वाणिज्य तथा आपूर्तिमन्त्री दिलेन्द्र प्रसाद बडू पाटन औद्योगिक क्षेत्र पुगेका थिए। यस्तै, उद्योग सचिव अर्जुनप्रसाद पोखरेल, ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्याय लगायतले घटनास्थलको निरीक्षण गरेका छन्। 

अक्सिजन प्लान्टबाट सिलिण्डरमा भर्ने क्रममा विस्फोट भएको भनिए पनि यकिन कारण खुल्न नसकेको ललितपुरका प्रमुख जिल्ला अधिकारी घनश्याम उपाध्यायको भनाइ छ। घटनाको कारणबारे अनुसन्धान भइरहेको उनले जानकारी दिए।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessdigital khabarnepalNews
Comments (0)
Add Comment