सुनको भाउ तोलामा ३०० रुपैयाँ बढ्यो, चाँदी तोलामा ५ रुपैयाँ घट्यो

०८ बैशाख, काठमाडाैँ । पहेँलो धातु सुनको भाउ नेपाली बजारमा बिहीबार तोलामा ३०० रुपैयाँले बढोत्तरी भएको छ ।

नेपाल सुनचाँदी व्यवसायी महासंघका अनुसार अघिल्लो दिन बुधबारको तुलनामा बिहीबार सुनको भाउ ३०० रुपैयाँले बढेर प्रतितोला १ लाख ९०० रुपैयाँमा कारोबार भएको छ ।

यस्तै तेजावी सुनको भाउ पनि ३०० रुपैयाँले बढेर १ लाख ४०० रुपैयाँमा पुगेको छ । चाँदीको भाउ भने तोलाको ५ रुपैयाँले घटेर १ हजार ३८० रुपैयाँ कारोबार भैरहेको छ ।

नेपाली बजारमा स्थीर रहेर बुधबार छापावाल सुन तोलामा १ हजार ५०० रुपैयाँले घटेर १ लाख ६०० रुपैयाँ तथा तेजावी सुन १ लाख १०० रुपैयाँमा कारोबार भएको थियो । चाँदी प्रतितोला १ हजार ३८५ रुपैयाँमा कारोबार भएको थियो ।

नेपाल सुनचाँदी व्यवसायी महासंघले अन्तर्राष्ट्रिय बजारमा हुने सुनचाँदीको मूल्यको उतारचढावको आधारमा नेपालमा दैनिक सुन तथा चाँदीको कारोबार मूल्य तोक्दै आएको छ । आज अन्तर्राष्ट्रिय बजारमा सुन प्रतिऔंस १ हजार ९५१ र चाँदी प्रतिऔंस २५ दशमलव ०५ डलरको हाराहारीमा कारोबार भइरहेको छ ।

RSS Error: A feed could not be found at `https://digitalkhabar.com/?#`; the status code is `200` and content-type is `text/html`



मल्टिमिडिया ग्यालरी

businessCoronavirusdigital khabarGold & SilverhealthnepalNewsPoliticSilpa Setty
Comments (0)
Add Comment